काठमाडौं । भारतले आन्तरिक बजार सन्तुलन मिलाउन भन्दै गत बुधबारदेखि लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।
मौसम प्रणालीका कारण यस वर्ष उखु उत्पादनमा कमी आउने प्रक्षेपण गर्दै भारतले कच्चा तथा प्रशोधित सबै प्रकारका चिनी निर्यात तत्कालका लागि रोकेको हो । विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ताको यो कदमले आयातमा निर्भर नेपाली बजारमा अभाव र महँगीको त्रास सिर्जना गरेको छ ।
यद्यपि, सरकारले भने बजारमा चिनीको कुनै अभाव नहुने भन्दै उपभोक्तालाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ । स्वदेशी चिनी उद्योगहरूसँग भएको उत्पादन र साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायत सरकारी निकायसँग रहेको मौज्दातले नेपालको आगामी ८ महिनाको माग सहजै धान्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दाबी गरेको छ ।
केही दिनयता भारतको घोषणासँगै नेपाली बजारमा व्यापारीहरूले अभावको हल्ला फिँजाएर मौज्दातमै रहेको चिनीको मूल्य बढाउन थालेको र नेपाल–भारत खुला सीमानाको फाइदा उठाउँदै अवैध तस्करी समेत बढ्न सक्ने जोखिम सरोकारवालाहरूले औँल्याएका छन् ।
र्को सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा हाल जम्मा ९ सय क्विन्टल (९० टन) चिनी बाँकी छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रले १५ हजार क्विन्टल चिनी खरिदका लागि ११ जेठसम्मको म्याद राखेर आन्तरिक टेन्डर आह्वान गरिएको बताए ।





























प्रतिक्रिया