सामसङ ग्यालेक्सी एस-२६ प्लसमा २३ हजार रुपैयाँ ‘क्यासब्याक’ अफर

सामसङ ग्यालेक्सी एस-२६ प्लसमा २३ हजार रुपैयाँ ‘क्यासब्याक’ अफर

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस-२६ प्लसमा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिने कम्पनीले जनाएको छ । ‘ग्यालेक्सी एस २६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले यो अफरले ग्राहकका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्ध रहेको देखाउँछ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

यो सीमित अवधिको लागि ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको इन्स्ट्यान्ट क्यासब्याक पाउँछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ बाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ पर्दछ । कम्पनीका अनुसार यो अफर १९ मे देखि ३१ जुनसम्म मान्य हुनेछ ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएल मार्फत इन्स्टा फाइनान्स सुविधा दिइरहेको छ । सामसङले २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता ४ हजार ३४१ बाट सुरु हुन्छ। ग्राहकले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

Logo