कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरूः नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।

अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, ‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ ।’ डाइन विथ द डिभास’ मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुरÞ्याउन चाहन्छौं । आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौं ।’

यो अभियान जेठ २५ गतेसम्म यी सात सहरमा रहेका कजारियाका शोरुमहरूमा सञ्चालन हुनेछ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागू हुनेछन् ।

Logo