आज नेप्से परिसूचकमा गिरावट, झन्डै साढे ४ अर्बको कारोबार

आज नेप्से परिसूचकमा गिरावट, झन्डै साढे ४ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। उतारचढावका बीच आज नेप्से परिसूचक ९.२४ अंक (अर्थात ०.३३ प्रतिशत) ले घटेर २,७७७.१० विन्दुमा पुगेर बन्द भएको छ।

बजार खुलेको सुरुवाती समयमा केही बढ्ने संकेत देखाए पनि मध्यन्हपछि बजारमा सुस्तता आएको थियो। परिसूचक घटे पनि आज बजारमा कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ। दिनभर भएका कुल ५२,७५१ कारोबारमार्फत ३४२ वटा कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल ४ अर्ब ८५ करोड ४४ लाख ४१ हजार १७० रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ।

आजको बजारमा कुल ६९ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १९० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ११ वटा कम्पनीको सेयर मूल्य भने अपरिवर्तित (स्थिर) रहेको छ।

मैलुङ खोला जलविद्युतको मूल्यमा उच्च वृद्धि, आँखुखोलाको सबैभन्दा बढी कारोबार
बजार घटे पनि आज मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.२३ प्रतिशत कमाएका छन्। यसैगरी कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ६.०० प्रतिशत र दोल्ती पावर कम्पनीको ५.८६ प्रतिशतले वृद्धि भएको छ।

यता सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आज पनि जलविद्युत समूहकै बर्चस्व रह्यो। आँखुखोला जलविद्युत कम्पनी ४६ करोड ७२ लाख ६३ हजार भन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहन सफल भयो। त्यस्तै, रिडी पावर कम्पनीको १६ करोड ५९ लाख र साहस उर्जाको १४ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Logo