नेपालमा एलजीको नयाँ डुअलकुल इन्भर्टर एसी सार्वजनिक, ‘किलोवाट म्यानेजर’ र ‘फ्रिज क्लिन’ सुविधा !

नेपालमा एलजीको नयाँ डुअलकुल इन्भर्टर एसी सार्वजनिक, ‘किलोवाट म्यानेजर’ र ‘फ्रिज क्लिन’ सुविधा !

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी)काे सिरिज सार्वजनिक गरेको छ । नयाँ एसी सिरिजको औपचारिक अनावरण सोमबार काठमाडौंस्थित होटल भिभान्तामा आयोजित विशेष कार्यक्रममा गरिएको हो।

नयाँ डुअलकुल एयर कन्डिसनरमा एलजीले “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि समावेश गरेको छ। नेपाली घरपरिवारमा बढ्दो विद्युत् खर्च र ऊर्जा दक्ष उपकरणको आवश्यकतालाई लक्षित गर्दै कम्पनीले यो प्रविधि विकास गरेको हो ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उत्पादनको औपचारिक अनावरण गरेका थिए। नेपालमा विश्वसनीय तथा प्रविधिमैत्री घरेलु उपकरण उपलब्ध गराउने यात्रामा यो अर्को महत्वपूर्ण उपलब्धि भएको चौधरीको भनाई छ ।

कार्यक्रममा कम्पनीले नेपाली उपभोक्तालाई ऊर्जा बचत, स्मार्ट नियन्त्रण र दीर्घकालीन टिकाउपन दिने उद्देश्यले नयाँ सिरिज ल्याइएको जनाएको छ ।

एलजीको नयाँ एसी श्रृंखलाको मुख्य विशेषता “किलोवाट म्यानेजर” रहेको कम्पनीले जनाएको छ। यो प्रविधिमार्फत प्रयोगकर्ताले आफ्नो विद्युत् खपत र खर्चलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्नेछन्।

यस सुविधाबाट उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा निर्धारण गर्न, सञ्चालन समय तय गर्न तथा एलजी त्जष्लत्त कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न तथा प्रयोग शैलीअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको सुविधा पनि उपलब्ध रहने बताइएको छ।

कम्पनीका अनुसार यो प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै एयर कन्डिसनरको कार्यक्षमता स्वतः समायोजन गर्ने भएकाले अनपेक्षित रूपमा बढ्ने विद्युत् बिल नियन्त्रण गर्न सहयोग पुग्नेछ।

७० प्रतिशतसम्म ऊर्जा बचत

नयाँ डुअलकुल एसीमा डुअल इन्भर्टर कम्प्रेसर जडान गरिएको छ। कम्पनीका अनुसार यसले साधारण नन–इन्भर्टर मोडेलको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशत छिटो शीतलन प्रदान गर्छ।

कम्पनीले टियुभी परीक्षणलाई उद्धृत गर्दै एलजी इन्भर्टर एयर कन्डिसनर ले एलजी नन–इन्भर्टर मोडेल भन्दा बढी ऊर्जा बचत गर्ने दाबी गरेको छ। यद्यपि, शीतलन क्षमता, जडान अवस्था तथा सञ्चालन परिस्थितिअनुसार नतिजा फरक पर्न सक्ने कम्पनीले जनाएको छ।

‘फ्रिज क्लिन’ले दिने स्वच्छ हावा

एलजीले नयाँ श्रृंखलामा “फ्रिज क्लिन” प्रविधि पनि समावेश गरेको छ। एयर कन्डिसनरको भित्री भागमा जम्मा हुने धुलो तथा ब्याक्टेरियालाई हटाउन यो सुविधा प्रभावकारी हुने कम्पनीको दाबी छ। यस प्रविधिले इभापोरेटर वरिपरि बरफको तह बनाउने र बरफ पग्लिने क्रममा जम्मा भएका अशुद्धिहरू ड्रेनेजमार्फत बाहिर निकाल्ने बताइएको छ। यसले उपकरणको भित्री भाग सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रयोगशालाको परीक्षणअनुसार “फ्रिज क्लिन” सुविधाले स्यूडोमोनास एरुगिनोसा ब्याक्टेरियालाई ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको उल्लेख गरिएको छ।

नेपाली अवस्थाअनुसार डिजाइन

नेपाली मौसम र विद्युत् अवस्थालाई ध्यानमा राखेर एसीमा विभिन्न टिकाउ तथा सुरक्षा सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

एसीमा गोल्ड फिन एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालन सुविधा राखिएको छ। गोल्ड फिन कोटिङले अतिरिक्त सुरक्षा प्रदान गर्ने, कपर ट्युबले राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपन दिने कम्पनीको भनाइ छ।

त्यस्तै नेपालमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्न स्टेबलाइजर–फ्री अपरेसन सुविधा राखिएको छ। नयाँ सिरिजमा कनभर्टिबल ५–इन–१ मोड पनि समावेश गरिएको छ, जसले आवश्यकता अनुसार ऊर्जा बचत गर्दै सञ्चालन गर्न सहयोग पु-याउने कम्पनीले जनाएको छ।

उपभोक्तालाई ‘अर्थपूर्ण लाभ’

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले एलजीको नयाँ “किलोवाट म्यानेजर” प्रविधिले उपभोक्तालाई विद्युत् खपत तथा घरेलु खर्चमा प्रभावकारी नियन्त्रण प्रदान गर्ने बताएका छन्। “ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ,” उनले भने।

एलजी इलेक्ट्रोनिक्सले विश्वस्तरमा घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा ऊर्जा समाधान क्षेत्रमा परिचित कम्पनी हो । कम्पनीका उत्पादनमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र अडियो प्रणालीलगायत उपकरण समावेश छन्।

सिजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक कम्पनी हो। चार दशकभन्दा बढी समयदेखि एलजीसँगको साझेदारीमार्फत सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजीलाई प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

Skip This
Skip This
Logo