काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा–स्वास्थ्यमा कर लगाइएको बताएका छन् । सरकारले शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेटमार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेला अर्थमन्त्री वाग्लेको करसम्बन्धी निर्णयको बचाउ गरेका हुन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन ५ प्रतिशत भ्याट लगाइएको बताए। ‘पूर्वअर्थमन्त्रीहरूलगायत केही आलोचकबाट शिक्षा, स्वास्थ्य, बिजुलीलगायतमा लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो।
समता करमार्फत मध्यमवर्गलाई न्याक्यो भन्ने पनि आयो। तर बजेटमा हामीले २५ जिल्लाका अति गरिब र मानव विकास सूचकांकमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत् राखेका छौं, जसको दायित्व ६ अर्ब ५० करोड ५२ करोड छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको पनि बताए। उनले भने, ‘देशैभरका ३ लाख १३ हजार ७ सय ५३ दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेका छौं।’
वाग्लेले निम्न वर्गलाई पनि मध्यमवर्गमा स्तरोन्नति गर्ने सरकारको उद्देश्य रहेको बताए। ‘यो कामका लागि स्रोत चाहिन्छ, जसमा निजी स्कुलमा बालबालिका पठाउने अभिभावकले थोरै योगदान गर्दा पनि निम्न विपन्न वर्गलाई ठूलो राहत पुग्छ,’ उनले भने, ‘उदाहरणका लागि मासिक २ हजार शुल्क तिरेर निजी स्कुल पठाउने अभिभावकले अब ६० रुपैयाँ मात्र बढी तिर्नुपर्ने हुन्छ । यहाँ महँगा स्कुल पनि छन्।
यसरी उठाइएको कर सिधै दलित बालबालिकाको पोषणमा जाने गरेर हामीले व्यवस्था गरेका छौं। यो कुरा नागरिकलाई बुझाउन सकियो भने त्यति आपत्ति नहोला।- अर्थमन्त्री स्वर्णिम वाग्लेयसरी उच्च र मध्यमवर्गबाट उठाइएको कर जाजरकोट, दैलेख, मुगुलगायत जिल्लाका दलित बालबालिकाको पौष्टिक आहारमा खर्च गर्दा कसैलाई हानि नपुग्ने अर्थमन्त्री वाग्लेको भनाइ छ । सार्वजनिक वित्तमा ठ्याक्कै शीर्षक नै तोकेर पैसा नआउने शिक्षा र स्वास्थ्य क्षेत्रबाट उठाइएको कर समता कोषमा संकलन गरिने उनले बताए।





























प्रतिक्रिया