काठमाडौं,४,पुस
कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोड मध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनी माथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएको मध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए । ‘कृषि विकास बैंक न्युरोड शाखामा हिनामिना भएको रकम मध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेक मार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरि दिन्थे । प्रमाणका रूपमा रिसिप पेपर पनि दिन्थे । तर सो रकम दीपिका रेग्मी वा उनको आफन्तको बैंक खातामा जम्मा गर्थे । पक्राउ परेका रेग्मी सहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया