नयाँ स्याङयोङ रेक्सटन गाडी नेपाली बजारमा

नयाँ स्याङयोङ रेक्सटन गाडी नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ मंसिर ।

कोरियाली मोटर निर्माता कम्पनी स्याङ्योङले आफ्नो नयाँ मोडलको गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक विक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्राएको हो ।

बुधबार राजधानीमा एक औपचारिक कार्यक्रमबीच ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसनमा दुई विकल्पका साथ ती गाडी सार्वजनिक गरिएको हो । यी गाडीमा ९ वटा एयर व्याग रहेका छन् भने क्वाड फ्रेम समेत प्रयोग गरिएको छ । सो गाडीको बजार मूल्य क्रमशः १ करोड १२ लाख रुपैयाँ देखि १ करोड २० लाख रुपैयाँसम्म रहेको छ ।

स्याङयोङ नयाँ रेक्सटनको डिजाइनमा इ एक्स डी २२० डिजेल इञ्जिन र मर्सिडीज–बेन्न ७ स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोग गरिएको छ । जसले आरामदायी परिवर्तनको अनुभव प्रदान गर्नेछ । सो गाडीलाई ‘म्याजेस्टिक थ्रिलिङ’ अन्र्तगत बनाइएको भने यसमा सोल्डर वीङ प्रतीक रहेको छ । ग्रुपका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा वहुप्रतिक्षित रहेको उक्त गाडी भित्र्याउन पाउँदा खुसी व्यक्त गरे । आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील ड्राइभिङको लागि क्षमता बढाउने बताइएको छ ।

नयाँ रेक्सटनको डिजाइनलाई ‘मेजेस्टीक थ्रीलिङ’ विषय अन्तर्गत यो गाडीको परिकल्पना गरिएको छ । जसले गतिशील छवि दिनुका साथै उच्चतम सुविधा प्रदान गर्ने कम्पनको दाबी छ । गाडीमा ४ डब्लूडी टेक्नोलोजी, रियर व्हील ड्राइभ मोड, फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी–लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभीङ स्थीरता र ड्राइभीङ अनुभव प्रदान गर्ने बताइएको छ ।

त्यसका अलावा गाडीमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फिनीटीको प्रिमियम १० स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिशन, २२० भोल्टको इन्भर्टर तथा सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको कम्पनीले जनाएको छ । गाडीलाई नेपालको सडक अनुसार प्रयोग गर्न इलेन्ट्रिक ब्रेक र एन्टी लक ब्रेक्सको समेत प्रयोग गरिएको छ ।

 

Logo