काठमाडौँ, २०, मंसिर
मुलुक निर्वाचनमय बनेसँगै इन्धनको खपत पनि उच्च रूपमा बढ्न थालेको छ । विगत महिनाहरूको तुलनामा यो महिना खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको खपत उच्च रूपमा बढेको आयल निगमले जनाएको छ । "/>

इन्धन खपतसँगै आयल निगमको नोक्सानी बढ्यो

इन्धन खपतसँगै आयल निगमको नोक्सानी बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २०, मंसिर
मुलुक निर्वाचनमय बनेसँगै इन्धनको खपत पनि उच्च रूपमा बढ्न थालेको छ । विगत महिनाहरूको तुलनामा यो महिना खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको खपत उच्च रूपमा बढेको आयल निगमले जनाएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार नेपालमा निर्धारण गरिएको मूल्यसूची अनुसार इन्धनको बिक्रीबाट मासिक घाटा समेत बढेको आयल निगमले जनाएको छ । निगमका अनुसार भारतले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यसूची अनुसार निगमको मासिक घाटा नै १ अर्ब रुपैयाँ नाघ्ने भएको छ । भारतीय आयल कर्पोरेसनले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको छ । जस अनुसार मासिक रूपमा निगमको घाटा १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसअघिको मूल्यसूची अनुसार निगमको मासिक घाटा १ अर्बभन्दा कम थियो । आयल निगमका अनुसार डिसेम्बरमा भारतीय आयल निगम (आईओसी) बाट प्राप्त मूल्यसूचीमा साबिकको भन्दा प्रतिलिटर हवाई इन्धनमा ७ प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्याँसमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ ।
राजधानीबाट

Logo