अग्नि ग्रुपको कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना

अग्नि ग्रुपको कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ मंसिर ।

महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय कोहलपुरमा शुभारम्भ गरेको छ । यो कम्पनीको चौथो क्षेत्रीय शाखा कार्यालय हो । यसअघि कम्पनीले वीरगञ्ज, इटहरी, भैरहवा जस्ता प्रमुख शहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ ।

यही मंसिर ७ गते गरिएको कोहलपुर कार्यालयको समुद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका थिए । शाखाको शुभारम्भपछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् ।

कम्पनी केवल सवारी विक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको निर्देशक शर्माको भनाइ छ । साथै चाहिएको बेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकहरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदै आएको बताए ।
हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि.अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजु अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । यसका साथै, अग्नि ग्रुप इन्स्टान्ट ब्याट्री तथा केभिन इन्भर्टरको वितरक समेत हो ।

 

Skip This
Logo