एलजीका दुई टप लोड वासिङ मेसिन बजारमा

एलजीका दुई टप लोड वासिङ मेसिन बजारमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता
काठमाडौँ, ११ मंसिर

एलजी ब्राण्डका दुई टप लोड वासिङ मेसिन बजारमा आएको छ । कम्पनीले “द फ्युचर अफ वासिङ” भन्ने मुल नाराका साथ उक्त मेसिन बजारमा ल्याएको हो ।
बिश्वको साथै नेपाली बजारमा पहिलो स्थानमा आफ्नो पहिचान बनाउन सफल भएको एलजी ब्राण्डका उक्त दुई वासिङ मेसिन ७ र ८ केजीका टप लोड वासिङ मेसिन नेपाली बजारमा बजारमा आएको हो ।

कम्पनीले वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीले जनाएको छ । उक्त मेसिनमा स्मार्ट इन्भरटर मोटर जडान गरिएको छ भने यसको १० वर्ष वारेण्टी पनि रहेको छ । वासिङ मेसिनमा टर्वो ड्रम जडान गरिएको छ भने यसले तीन फरक किसिमको लुगा धुने क्षमता पनि रहेको एल जी ब्राण्डको लागि अधिकारिक बिव्रmेता चौधरी समूह अन्तर्गत सि जी इम्पेक्स प्र्रा.लि.ले जनाएको छ ।

यो मेशिन बीएमसी मोटर वाटर प्रुफ तथा खिया प्रतिरोधात्मक रहेको छ । स्मार्ट क्लोजिङ्ग डोेर भएका यी वासिङ्ग मेसिनमा ३६ प्रतिशत उर्जा समेत बचत हुने कम्पनीले जनाएको छ ।

 

 

Skip This
Logo