काठमाडौं,७,मंशिर
मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो । "/>

नेपाल अण्डामा आत्मनिर्भर : कुखुराजन्य वस्तुको कारोबार ४० अर्ब

नेपाल अण्डामा आत्मनिर्भर : कुखुराजन्य वस्तुको कारोबार ४० अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,मंशिर
मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो । पछिल्ला वर्ष कुखुरापालन व्यवसायमा वार्षिक ४० अर्ब रुपैयाँको कारोबार भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । ‘दुई वर्ष अघि सरकारको तथ्यांकमा वार्षिक पौने ३४ अर्बको कारोबार हुन्थ्यो,’ मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले भने, ‘दुई वर्षको अवधिमा करिब ६ अर्ब बढेको छ ।’

कुखुरापालन बढेपछि मुलुक अण्डामा आत्मनिर्भर भएको हो । भान्सामा दूध, तरकारी देखि माछामासु सम्म आयातित प्रयोग भइरहेको बेला अण्डा भने उपभोक्ताले स्वदेशी उत्पादन नै प्रयोग गर्न पाउने भएका छन् । हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०.७ गोटाका दरले उत्पादन भएको पशुपक्षी विभागले जनाएको छ । ‘मुलुकभर खपत हुने जति अण्डा उत्पादन गर्न सक्षम भएका छौं,’ विभागका प्रवक्ता चन्द्र ढकालले भने, ‘नेपाल अण्डामा आत्मनिर्भर भएको छ ।’ एक अर्ब २० करोड २१ लाख गोटा अण्डा उत्पादन भएको विभागले जनाएको छ । सरकारले चालु आर्थिक वर्ष ०७४/७५ मा मुलुक अण्डामा आत्मनिर्भर बन्ने योजना बनाएको थियो । गत वर्ष कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डा नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मल ४५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको पशुपक्षी विभागले जनाएको छ ।

६४ जिल्लामा २१ हजार नौ सय ५६ व्यावसायिक कुखुरा फार्म रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरा पालन हुँदैन ।
नागरिकबाट

Skip This
Logo