काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित ज्वानेटारमा चक्लाबन्दी कृषि कार्यक्रमको शुरुवात गरिएको छ । कृषि क्षेत्रमा नयाँ आयामका साथ शुरुवात गरिएको यस कार्यक्रमको आज नगरप्रमुख टोकबहादुर वाइवाले ड्रोन तथा जेसिबिको प्रयोग गरि शुभारम्भ गरेका छन् ।

कृषिको आधुनिकिकरण गर्दै एकीकृत खेती गर्ने उद्देश्यले यस कार्यक्रमको शुरुवात गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा चक्लाबन्दी कार्यक्रमको शुरुवात गरिएको सो परियोजनाका जिल्ला सचिव सुमन नेपालले जानकारी दिए ।

चक्लाबन्दी कार्यक्रम अन्तर्गत पुरानो किसिमका जग्गाको संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गरि एकिकृत खेती गरिनेछ । यसका लागि परियोजनाले ५० प्रतिशत, नगरपालिकाले २५ प्रतिशत र किसानले २५ प्रतिशत खर्च गर्नु पर्नेछ ।

नगरपालिकामै पहिलोपटक शुरु गरिएको कार्यक्रममा यसभेगका करिव १०० किसानहरु सहभागी हुने बताइएको छ । कार्यक्रमले पुरानो खेती प्रणालीलाई पुरै रुपान्तरण गर्ने विश्वास लिइएको छ । जिल्लाको पाँचखाल नगरपालिकामा पनि यस किसिमको कार्यक्रमको शुरुवात गरिएको सचिव नेपालले जानकारी दिए ।

तस्वीरहरु: सुमन नेपाल































प्रतिक्रिया