काठमाडौं,१,मंशिर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् । "/>

बूढीगण्डकी आयोजना रद्द भएको छैन : नेता खाँण

बूढीगण्डकी आयोजना रद्द भएको छैन : नेता खाँण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,मंशिर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन् । काँग्रेसको केन्द्रीय मिडिया सेन्टरले सानेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने –“बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ । ” संयोजक खाँणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजिनामा दिइ सकेपछि हतारमा गरिएको सो निर्णयका बारेमा व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकाले वर्तमान सरकारले त्यसको पालना गरेको स्पष्ट पारे।

उनले संसदीय समितिको निर्देशन पछि सरकारले आवश्यक अध्ययन, छलफल र कागजातको छानबिन समेत गरेर सो निर्णय लिएको बताए । “अर्बौंको परियोजना प्रक्रिया मिचेर दिइएको रहेछ”– नेता खाँणले भने, “प्रतिस्पर्धा गर्दा लागत कम हुनसक्ने अवस्था पनि आउँछ, सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रो आशंकालाई पुष्टि गरेको छ । ” उनले काँग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितको मागलाई ध्यान दिन आग्रह गरेको पनि बताए ।

फरक प्रसंगमा नेता खाँणले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकाले अब काँग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउँदै काँग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने स्पष्ट पारे । आगामी १० वर्षमा देशलाई समुन्नतिको शिखरमा पु¥याउने कार्यक्रम काँग्रेससँग मात्र भएको दाबी गर्दै उनले विगतमा नेकपा (एमाले) बाट संविधानसभामा प्रतिनिधित्व गरिसक्नुभएका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुकको आर्थिक विकास नहुने निष्कर्षमा पुगेर काँग्रेस प्रवेश गर्नुभएको जानकारी दिए । नेता खाणले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वबाट थाल्नु भएको प्रचार अभियान सुदूरपश्चिम पुगिसकेको र काँंग्रेसले सबै प्रदेशमा मिडिया सेन्टर स्थापना गरेको बताउँदै यसले निर्वाचनमा नयाँ उत्साह र रौनक ल्याएको उल्लेख गरेका थिए ।
रासस

Logo