केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० कात्तिक ।
एनआइसी एशिया बैंकको नयाँ शाखा खुल्ने क्रम जारी छ । गत कात्तिक २३ गते रुकुमको मुसीकोटमा खुलेको यो बैंकको नयाँ शाखा २८ गते प्युठानको जुम्रीमा पनि खुलेको छ ।
उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेको प्रमुख आतिथ्यमा एनआइसीको नयाँ शाखा उद्घाटन गरिएको हो ।
शाखा सञ्जाल, एटिएम संख्या, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा संचालन गर्ने योजना अगाडि सारिरहेको छ ।































प्रतिक्रिया