केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ कात्तिक ।
रेनो, नेपालमा द्रूत गतिमा अगाडि बढिरहेको अटोमोबाइल ब्राण्डको आफ्नो साहसिक यात्रा समुदाय ग्याङ्ग अफ डस्टर्सले नेपालमा पहिलो पटक यात्रा शुभारम्भ गरेको छ । ९ दिने यात्रा करिब १४०० किलोमिटरको हुनेछ ।
यो साहसिक यात्रा लखनउबाट कात्तिक २४ गते शुरु भएको थियो भने भारतमा गोरखपुर हुँदै नेपाल प्रवेश गरेको थियो जहाँ नेपालको भू–दृश्यावलोकनका साथै यसको संस्कृतिको अनुभव लिंदैछ ।
नेपालमा, ग्याङ्ग अफ डस्टर्सले काठमाडौंको यात्रा पूरा गरिसकेको छ र अब भने चितवन, पोखरा र लुम्बिनी हुँदै यात्रारत हुनेछ र सहभागीहरु पुनः लखनउ यात्रा बाटै फिर्ता हुनेछन् ।
सन् २०१७ रेनो इण्डियाको ग्याङ्ग अफ डस्टर्सको भारतमा सफलताको चौथो वार्षिकोत्सव पनि हो । ग्याङ्ग अफ डस्टर, रेनो इण्डियाले शुरु गरेको एउटा विशेष अभियान हो जसले डस्टर धनीहरुलाई साहसिक यात्राहरु, कठिन तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराउने र विकट क्षेत्रहरुको यात्रा गराउँदै एकआपसमा जोड्दछ ।
ग्याङ्ग अफ डस्टर्स डस्टर धनीहरुलाई रेनो परिवारमा सामेल गराउने एउटा उत्कृष्ट माध्यम हो भने सदस्यहरुका माझमा सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो । ग्याङ्ग अफ डस्टर्समा अहिलेसम्म एक लाखभन्दा बढी सदस्यहरु सहभागी भइसकेका छन् ।
यो यात्राले सहभागीहरुलाई काठमाडौंका सांस्कृतिक सम्पदाहरु र प्राचीन स्मारकहरु प्हिचान गर्ने, पोखराको प्राकृतिक परिदृश्य, र चितवनको वन्यजन्तुहरुको अवलोकन गर्न सक्ने सुनौलो अवसर प्रदान गरेको छ ।
ग्यांङ्ग अफ डस्टर्सका सहभागीहरुले अन्य डस्टरधनीहरुसँग भेटघाट गर्ने र अनुभवहरु साटासाट गर्ने, ऐतिहासिक क्षेत्रहरु घुम्ने, मोटरस्पोर्टसका विज्ञहरुसँग कुराकानी गर्ने, विभिन्न भूगोलको अफरोड अनुभव गर्ने, र माउन्टेन बाइकिङ, बोट राइडिङ्ग लगायतका साहसिक खेलमा पनि सहभागी हुन सक्नेछन् ।
ग्यांङ्ग अफ डस्टर्स के हो ?
रोमाञ्चकारी, साहसिक तथा अन्वेषणसँग सम्बन्धित हुँदै, रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सले उपभोक्ताहरु र उनीहरुका परिवारहरुलाई देशभर रेनो टिमका साथमा लामो अवधिको यात्रा गराउन उत्साहित गराउँछ । भारतको सबैभन्दा मनपराइएको एसयुभीमा निकै चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरु पार गर्न सक्ने क्षमता छ । ग्यांङ्ग अफ डस्टर्सले यात्रा गर्न रुचाउनेहरुका लागि अतुलनीय र अप्रतिस्पर्धात्मक मोटरिङ अनुभव गराउँछ ।





























प्रतिक्रिया