काठमाडौं ।
बीमा समितिले कोरोना बीमाको भुक्तानी एक हप्ता भित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थ मन्त्रालयले कोरोना बीमाको रकममा चाँडो भुक्तानी दिन निर्देशन गरेसँगै समितिले बीमा कम्पनीलाई उक्त निर्देशन दिएको बताए ।
कोरोना बीमाको भुक्तानीका लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो आएपछि समय तोकेर निर्देशन दिएको कार्यकारी निर्देशक पौडेलले बताए ।
कोरोनाको बीमा वापतको भुक्तानी सबै बीमा कम्पनीबाट अब एक हप्ता भित्र पाउने उनले जानकारी दिए । दसैंमा कार्यालय बन्द भएका कारण भुक्तानी नपाएका सबैले छिट्टै भुक्तानी पाउने उनको भनाई थियो ।गोरखापत्रबाट































प्रतिक्रिया