काठमाडौं, २९ भदौ । चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ ।
दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको मोवाइल फोन पनि एक्सचेन्ज गरिने छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया वा सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् ।
मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर बिजय लामाले गरेका थिए ।
यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् । अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजना सँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।
केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरिकुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । यसैगरी बिजय लामा सँगै मलेसिया वा सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् ।
दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।































प्रतिक्रिया