केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।
धनुषामा गत आर्थिक बर्षका लागि विनियोजित बजेट मध्ये ३ अरब ३९ करोड ३१ लाख रुपैया फ्रिज भएको छ ।
गत आर्थिक वर्ष धनुषामा विनियोजित कुल बजेट १५ अर्ब १८ करोड ६९ लाख रुपैयामा ११ अर्ब ७९ करोड ३८ लाख रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनुषाले जनाएको छ । करिब ३ अर्ब ३९ करोड ३१ लाख रुपैया फ्रिज भएको कार्यालय जनाएको छ । गत आर्थिक बर्ष फ्रिज भएको बजेट पछिल्लो ६ वर्षकै उच्च हो । कार्यालयका अनुसार ७७ दशमलब ६६ प्रतिशत रकम मात्रै खर्च भएको छ भने २२ दशमलब ३४ प्रतिशत रकम फ्रिज भएको छ ।
तराई मधेसको विकासका लागि सरकारले बजेट नै नपठाउने गरेको आरोप लागिरहेका ती क्षेत्रमा ठुलो परिमाणमा बजेट फ्रिज हुने क्रम पनि बढ्दै गएको छ ।





























प्रतिक्रिया