इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँट हुने : ५० कित्तासम्म सबैले पाउने पक्का

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँट हुने : ५० कित्तासम्म सबैले पाउने पक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बुधरबार प्रि अलोटमेन्ट सकिएसँगै बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँट गर्ने जनाएको छ ।

एनआईविएल एस क्यापिटलले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर बैंकको शेयर वाँडफाँटको लागि धितोपत्र बोर्डमा विवरण बुझाएको छ । बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले अहिलेसम्मकै ठूलो धेरै कित्ताको शेयर निष्काशन गरेकाले शेयरमा आवेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउने निश्चित भएको छ । ५० कित्तासम्म माग गर्नेलाई वितरण गरेर बाँकी रहेको शेयर पुन गोला प्रथाबाट ५० कित्ताभन्दा बढी शेयरमा आवेदन गर्नेलाई वितरण गर्ने भएकाले ५० कित्ताभन्दा माथिको लागि आवेदन दिनेलाई अधिकतम ६० कित्तासम्म शेयर पाउनेछन् भने ६० कित्ताको लागि ‘लक्की ड्र’ गरेर शेयर बाँडफाँट गर्ने भएको छ ।

अहिले बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

Logo