काठमाडौं । दशैँको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।
धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म सञ्चालन भएको थियो । बडादशैँको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।
बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।





























प्रतिक्रिया