‘भ्यालेन्टाइन डे’ को अवसरमा स्मार्टडोकोले ल्यायो “डोको भरी माया”

‘भ्यालेन्टाइन डे’ को अवसरमा स्मार्टडोकोले ल्यायो “डोको भरी माया”

केन्द्रबिन्दु
0
Shares

हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले  भ्यालेन्टाइन डे को अवसरमा डोको भरी माया नामक अफर लिएर आफ्ना ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने ब्यवस्था मिलाएको छ ।

यसका अतिरिक्त, यस अवधिमा कम्पनीले स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको ब्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने भएको छ ।

स्मार्टडोकोले ल्याएका योजनाहरु मध्ये भाग्यशाली एक जोडीलाई  भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर प्राप्त गर्न सक्नेछन् । यस्तै भाग्यशाली दुई जोडीले   भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर पाउनेछन् ।  

यसैगरि भाग्यशाली दुई जोडीलाई  होटल चौतारी पोखरामा दुई रात तीनदिनको प्याकेज उपलब्ध गराइने भएको छ भने भाग्यशाली तीन जोडीलाई  होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनरको कुपन पाउनेछन् ।  

यसका साथै एक हजार भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइनेछ ।  साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेव्रुअरी सम्म मात्र लागू रहने छ ।

Logo