नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै एफडीआईबापतको रकम भित्राउँदा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।
यसका लागि राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । विनियमावलीमा भनिएको छ, ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि त्यसबापतको विदेशी मुद्रा नेपाल भित्र्याउन वा पठाउन नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छैन । तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्राउन वा पठाउनुअघि तोकिएको ढाँचामा इकाईमा लिखित जानकारी दिनुपर्नेछ ।’
नेपालमा वैदेशिक लगानीबापतको रकम भित्राउन प्रक्रिया लामो भएको गुनासो आएकाले यसलाई सुधार गर्न लागिएको राष्ट्र बैंकले जनाएकाे छ ।































प्रतिक्रिया