कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छिन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले किसानदेखि उपभोक्तासम्म आउनका निम्ती बीचमा जे जति तहहरु छन्, त्यसले किसानलाई मर्कामा परेको बताइन् ।
किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन नसकेकाले आफूले उत्पादन गरेको वस्तुको मूल्य किसानको सहभागीतामा हुनुपर्ने मन्त्री अर्यालले जोड दिइन् ।
किसानको उन्नती, प्रगति गर्नका निम्ती किसानको श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी किसानले अलिकति मुनाफा पनि प्राप्त गर्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नु पर्ने उनले बताइन् । किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुने गरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्नेमा जोड दिइन् । मुलुकको समृद्धी कृषि क्षेत्रबाटै बढी गर्न सकिने भन्दै मन्त्री अर्यालले कृषिको सम्भावना, वातावरणीय सम्भावना र नेपाली मानव सभ्यता जस्ता कुराहरु विश्वका धेरै मुलुकहरुले अनुकरण गर्न सक्ने बताइन् ।
उत्पादन र बजारलाई सँगै लैजानु पर्ने भन्दै उनले उत्पादन र बजारलाई सँगै लैजाने भन्ने सरकारको सोचाइलाई साकार पार्न मुलुकभर धेरै बजारहरु विकास गर्दै जानुपर्ने बताइन् । यी काम गर्नका निम्ती सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्ने उनको भनाइ छ । अब विकासको दिशामा सरकार एक्लै होइन सरकारी, गैरसरकारी र नीजि क्षेत्र, सहकारी सबै क्षेत्रबीच साझेदारी गरेर जाने हो भन्ने कुरामा सरकार दुबिधामा नभएको प्रष्ट पारेकी छन् ।
आजको आवश्यकता कृषिको व्यवसायिकता भन्ने कुरा राज्यले भनिसकेको भन्दै उनले त्यसलाई कार्यान्वयन गर्नका निम्ती सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू गरेको पनि प्रष्ट पारिन् ।
९ वटा ठूला बजार स्थापना गर्नका निम्ती सरकारले प्रकृया अगाडि बढाइसकेको भन्दै उनले बजार बिना उत्पादनको अर्थ नहुने भएकाले किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म सहज ढंगले पु¥याउन बजारको व्यवस्था आवश्यक रहेको बताइन् ।































प्रतिक्रिया