अन्तर्राष्ट्रियरुपमा समेत ख्याती प्राप्त सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिब तथा असाहय बालबालिकाहरुलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
भ्यालेन्टाइन्स डे को अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटन समारोहमा हेयरस्टाइलिस कटवालले आजैका दिनदेखि आफ्नो सलूनमा केश कटिङ तथा सौन्दर्य सम्बन्धि प्रत्येक कार्यबाट संकलन भएको शूल्कमा कम्तिमा दश रुपैंयाँदेखि बढीमा पचास रुपैंयाँसम्म रकम छुट्याउने घोषणा गरे ।
‘त्यसरी छुट्याइएको रकमबाट गरिबीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको शिक्षामा लगानी गरिनेछ’, कटवालले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेनसमार्फत उक्त अभियानले देशव्यापी स्वरुप प्रदान गरिने जानकारी समेत दिएका छन् ।
भ्यालेन्टाइन्स डे को अवसर पारेर नीलडेभिडको नयाँ लाउञ्ज सलनू काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तल्लामा सञ्चालनमा आएको नीलडेभिड्स लाउञ्जको उद्घाटन विभिन्न विधामा विशिष्टता हासिल गरेका नारीहरुले संयुक्तरुपमा रिवन काट्दै गरेका छन् ।





























प्रतिक्रिया