दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ ।
बिगु गाउँपालिका वडा नम्बर–३ मा निर्माण हुने ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, आवासगृह लगायतको निर्माण कार्य अघि बढेको हो । ठेकेदार कम्पनी श्रीङ्गेश्वर प्रेररा जेभीले २५ करोड ९१ लाख रुपैयाँमा ०७७ साल मंसिर ४ गते ठेक्का सम्झौता गरि पुस ४ बाट निर्माण कार्य सुरु गरेको हो ।
जामुने स्थित सिंगटी–लामाबागर मुख्य सडकबाट कार्यलय भवन तथा आवासगृहसम्म जाने सडक निर्माण कार्य सकेर कार्यलय तथा आवासगृहका लागि जग्गा सम्याउने काम भइरहेको श्रीङ्गेश्वर प्रेररा जेभीका प्रोजेक्ट म्यानेजर सञ्जिवलाल कायस्थले जानकारी दिए ।
सम्झौता अनुसार क्याम्प बिल्डिङ निर्माणको काम १८ महिना अर्थात २०७९ साल असार ३ गतेसम्म १४ वटा भवन लगायत अन्य संरचना निर्माण गरि सकाउनु पर्नेछ । तामाकोशी ५ आयोजना अप्पर तामाकोशीको पानी डाइभर्सन गरेर उत्पादन गरिने आयोजना भएकोले यो आयोजना निर्धारित समयमै बन्ने विश्वास गरिएको छ ।
यो आयोजनाको लागि हेडवर्कस् ट्रान्समिसन लाइन र मुख्य सडक बनाउनु नपर्ने भएकोले पनि कम लागतमा छिट्टै बिद्युत उत्पादन गर्न सकिने आयोजनाका इञ्न्जिनियर नवीन न्यौपाने बताउँछन् ।
उनका अनुसार आयोजनाको क्याम्प बिल्डिङ जामुनेमा र पावर हाउस सुरी दोभानबाट करिब १२५ मिटर भित्र भूमिगत रुपमा रहनेछ । अप्पर तामाकोशीको मुख्य कार्यलय रहेको गोंगरबाट केहि तल अवस्थित अप्पर तामाकोशीको पानीको यो आयोजनाका लागि प्रयोग गरिनेछ ।
अप्पर तामाकोशीको टेलरेसमा इन्टर कनेक्सन गरेपछि हेडपोण्डमा पानी जाने बनाइनेछ । त्यसपछि आठ किलोमिटर टनेल हुँदै सर्च ट्याङक र सर्च ट्याङकबाट ४ दशमलव ३ डायमिटरको करिब १५३ मिटरको भर्टिकल साफ्ट र ३५ मिटर होराइजेन्टल पेनस्टक हुँदै टर्वाइन घुमाएर बिद्युत निकालिनेछ । आयोजनामा ३१ दशमलव ६ मेगावाट क्षमताको ३ वटा र ५ मेगावाट क्षमताको एक वटा टर्वाइन जडान गरिनेछ ।
अप्पर तामाकोशी पिकिङ रन अफ दि रिभर प्रोजेक्ट भएको र त्यसैको क्यासकेड प्राेजेक्ट भएकोले तामाकोशी पाँच जलविद्युत आयोजना पनि पिकिङ रन अफ दि रिभर प्रोजेक्ट नै रहेको ईन्जिनियर न्यौपाने बताउँछन् ।
आयोजनाको बिस्तृत ईन्जिनियरिङ डिजाइन तथा टेन्डर डकुमेन्ट तयारीको काम सकिएको उल्लेख गर्दै आयोजनाका इन्जिनियर न्यौपानले पैसा जुटेपछि टेन्डर आव्हान हुने बताए । यो रेडिमेड प्रोजेक्ट भएकोले काम सुरु भएको मितिले चार वर्षमा सकिने लक्ष्य राखिएको छ ।गाेरखापत्रबाट































प्रतिक्रिया