ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँड भएको हो । ग्रीनलाइफले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ बाँडफाँड गरेको हो । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बाँकी रहेको २ कित्ता शेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । आइपीओ १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो ।
ग्रीनलाइफले ४० मेगावाट जडित क्षमताको ‘खानीखोला १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ ।





























प्रतिक्रिया