साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुन आज ११ सयले बढेको हो ।
आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। आज ९० हजार १ सयमा कारोबार भइरहेको छ ।
सुन शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने आज प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया