नेप्से परिसूचकमा ४० अंकले वृद्धि, सबै समूह हरियाली

नेप्से परिसूचकमा ४० अंकले वृद्धि, सबै समूह हरियाली

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से ४० अंकले वृद्धि भएको छ । ४० अंकले बढेर नेप्से २ हजार ५ सय १५ विन्दुका पुगेर कारोबार बन्द भएको छ । 

गत फागुन १० गते नेप्से २ हजार ६ सय ४० को विन्दुमा पुगेर लगातार रुपमा ओरालो लागेको शेयर बजार आइतबार २ हजार ४७४ विन्दुसम्म झरेको थियो । आज पनि कारोबारको सुरुवाती समयमा घटेर २ हजार ४४४ अंकसम्म ओरालो लागेको थियो ।

पछिल्ला एक सातामा पूँजीबजार घट्नु पर्ने कारण नभए पनि बैंकहरुमा तरलताको अभाव भएर ब्याज बढ्ने तथा राजनीतिक घटनाक्रमले सरकार परिर्वतन हुने हल्ला र ठूला  लगानीकर्ताहरुले शेयर किन्ने चाप भएका कारण घटेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।

सोमबार सबै उपसमूह हरियो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ३५९ अंकले बढेको छ । निर्जीवन बीमा समूह १८३ अंकले बढ्दा व्यापार समूह ९७ अंक, लघुवित्त ८१ अंक, उत्पादन ६८ अंक, होटल तथा पर्यटन ५५ अंक, विकास बैंक ३८ अंक, जलविद्युत ३० अंक, अन्य २७ अंक, बैंकिङ २६ अंक र फाइनान्स समूह २३ अंकले बढेको छ ।

चन्द्रागिरी हिल्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको पनि ८ प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक र आशा लघुवित्तको शेयर मूल्यमा समेत ६/६ प्रतिशतको बढोत्तरी भएको छ ।

सोमबार निफ्राको सर्वाधिक रकम ४४ करोड रुपैयाँको शेयर किनबेच हुँदा शिखर इन्स्योरेन्सको ३० करोड, ग्लोबल आइएमई बैंकको २३ करोड, नेपाल बैंकको २० करोड र नेपाल लाइफको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Skip This
Skip This
Logo