फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रबिन्दु
0
Shares

भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले साेमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।

फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य एक हजार ४०० तोकिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रुपैयाँले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। 

उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ । रासस

Skip This
Skip This
Logo