काठमाडौं ।
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्व अवसरमा प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने अफर ल्याएको छ ।
एनसेलले ‘प्लस’ थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानीप्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको हो । कम्पनीका अनुसार भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहितमात्र रु. १.२८ मा कुरा गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा रु २.५४ प्रतिमिनेट शुल्क लाग्ने गरेको थियो ।
एनसेलले यही योजना अन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्कभित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भइसकेको अवस्थामा मात्र रु. ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्नेछन् ।
इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्छन् । ७ दिन समयसीमा रहेको प्याकमा ग्राहकले रु ९५.७७ मा ७ सइ मिनेट अन नेट टक टाइम प्राप्त गर्ने कम्पनीले बताएको छ ।
ग्राहकले रु. १९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु. ३८१.७९ मा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् ।
‘चाडवाड अवसरमा प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधासहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गरिएको ऐनसेलले जानकारी दिएको छ ।





























प्रतिक्रिया