उपत्यकाका किसानलाई कामको चटारो

उपत्यकाका किसानलाई कामको चटारो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढे पनि काँठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहँदै गर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ ।

असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासका कारण एक महिना पर धकेलिए पछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ ।

हामी ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही भने धान झार्दै थिए । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दशैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काटने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाई छ ।

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काईसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ ।

Logo