नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सयले घटेको हो ।
साताको पहिलो दिन आइतबार तोलामा ५०० ले वृद्धि भएको थियो । सोमबार भने १ सयले बढेको थियो ।
अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साता आइतबारदेखि बढ्न थालेको थियो।
आज छापावाला सुन तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ८५ हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज १० रुपैंयाँले घटेको छ। चाँदी तोलामा एक हजार २५५ मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया