स्व.कुलनन्द स्मृति अक्षयकोष स्थापना

स्व.कुलनन्द स्मृति अक्षयकोष स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीका स्वर्गीय कुलनन्द ठाकुर नेपालको नाममा अक्षयकोष स्थापना भएको छ । खुल्ला प्रतियोगितामा सर्वप्रथम हुने प्रहरी निरिक्षकलाई नगद तथा कदरपत्रका रुपमा पुरस्कार वितरण गर्ने उदेश्यले अक्षयकोषको स्थापना भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा स्वर्गीय नेपालको नाममा सो अक्षयकोष स्थापना भएको हो ।

स्वर्गीय नेपाल वि.सं.२०१५ सालमा प्रहरी निरिक्षकको पहिलाे ब्याचका खुल्ला प्रतियोगितामा लिखित तथा प्रशिक्षणमा सर्वप्रथम भएका थिए ।

उनकै सम्झनामा यो कोषको स्थापना गरिएको हो । यस कोषको स्थापना पश्चात खुल्ला प्रतियोगितामार्फत जो कोही पनि प्रहरी निरिक्षकमा प्रथम हुन्छ, उसैले सो स्मृतिकोष मार्फत सर्वप्रथम पुरस्कार प्राप्त गर्न सक्नेछन् । स्वर्गिय नेपाल नेपाल राष्ट्र बै‌ँकका निवर्तमान गभर्नर डा चिरन्जीबि नेपालका पीता हुन् ।

Skip This
Skip This
Logo