सात महिनामा वाणिज्य बैंकको नाफा १६.३० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति?

सात महिनामा वाणिज्य बैंकको नाफा १६.३० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति?


चालु आर्थिक वर्ष २०७६/७७ को सात महिना अर्थात् माघ मसान्तसम्म  अधिकांश वाणिज्य बैंकको खुद नाफामा १६.३० प्रतिशतले वृद्धि भएको छ। गत पुस मसान्तसम्मको दाँजोमा माघ मसान्तमा बैंकको  नाफा बढेको हो।  

अहिले नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा रहेका छन्। चालु आवको सात महिनामा २७ वाणिज्य बैंकमध्ये १६ बैंकको गत आवको माघ मसान्तसम्मको तुलनामा खुद नाफामा गिरावट आएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को सात महिनाको बैंक तथा वित्तीय संस्थाहरूको विवरणअनुसार तिनीहरुले कूल ३० अर्ब ९१ करोड रुपैयाँभन्दा बढी खुुद नाफा गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूले ३५ अर्ब ९५ करोड रुपैयाँ, विकास बैंकहरूले ३ अर्ब ७८ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरूले ८६ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार माघमा मात्र वाणिज्य बैंकहरूले करिब ५ अर्ब रुपैयाँ नाफा गरेका छन्। 

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ। एक वर्षअघि जनता बैंकसँग मर्ज भएपछि ग्लोबल पुँजीको आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको थियो। पछिल्लो समय सबैभन्दा बढी नाफा कमाउने बैंक पनि ग्लोबल आइएमई नै भएको छ।

यो अवधिमा ग्लोबल बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको  छ। बैंकहरुले चालु  आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुमध्येमा ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको थियो।

यसैगरी, सिभिल बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ। यस अवधिमा सिभिलले २८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

सात महिनामा कुन बैंकको खुद नाफा कति ?

गत आर्थिक वर्षकोे माघ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा ११ वटा वाणिज्य बैंकहरुको खुद नाफा ०.१४ प्रतिशतदेखि ६८.०३ प्रतिशतसम्म बढेको छ। यस अवधिमा १६ वाणिज्य बैंकहरुको भने खुद नाफा घटेको छ । बैंकहरूको वित्तीय स्थितिलाई निम्न अनुसार प्रस्तुत गरिएको छः 

१.ग्लोबल आइएमई बैंक
चालु आर्थिक वर्षको सात महिनामा ग्लोबल आइएमई बैंकले २ अर्ब ७० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको उक्त अवधि माघ मसान्तसम्म बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा बैंकले चालु आवको सोही अवधिमा २८.७२ प्रतिशत अर्थात् ६० करोड ३२ लाख रुपैयाँले खुद नाफामा बृिद्ध गरेको हो।

२.नबिल बैंक
नबिल बैंकले चालु आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आवको माघ मसान्तसम्म २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ६.१३ प्रतिशत अर्थात् १५ करोड ५७ लाख रुपैयाँले घटेर २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ भएको छ। तर, चालु आर्थिक वर्षको सात महिनामा भने नबिल नाफा आर्जन गर्ने दोस्रो बैंक बनेको छ।

३.कुमारी बैंक
कुमारी बैंकले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको माघ मसान्तसम्म बैंकले ८८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जसमा बैंकले चालु आवको सोही अवधिमा ६८.०३ प्रतिशत अर्थात् ६० करोड २७ लाख रुपैयाँले नाफा बृद्धि गरेको छ।

४.प्राइम बैंक
प्राइम बैंकले चालु आर्थिक वर्षको सात महिनामा २ अर्ब १२ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जसमा बैंकले चालु आवको सोही अवधिमा ३७.५२ प्रतिशत अर्थात् ५७ करोड ८७ लाख रुपैयाँ थप नाफा बृद्धि गरेको छ।

५.नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको सात महिनामा २ अर्ब १२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ  । बैंकले गत आवको माघ मसान्तसम्म बैंकले २ अर्ब ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा खुद नाफामा २.१० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँले बढाएर  २ अर्ब ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको हो।

६.मेगा बैंक
मेगा बैंकले चालु आर्थिक वर्षको सात  महिनामा  १ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ११ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा ३५.१८ प्रतिशत अर्थात् ३९ करोड १० लाख रुपैयाँ नाफामा वद्धि गरेको छ ।

७.प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ७० करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २७.६० प्रतिशत अर्थात् ३७ करोड ९७ लाख रुपैयाँ बृद्धि गरेको छ ।

८. एनएमबी बैंक
एनएमबी बैंकले  चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २.२७ प्रतिशत अर्थात् ४ करोड ३६ लाख रुपैयाँ बढी नाफा बृद्धि गरेको छ।

९.नेपाल बैंक  
नेपाल बैंकले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ५८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २७.६८ प्रतिशत अर्थात् ३४ करोड ३४ लाख रुपैयाँ बृद्धि गरेको हो। 

१०.नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको सात महिनामा ८६ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको माघ मसान्तसम्म बैंकले ६८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २६.२८ प्रतिशत अर्थात् १८ करोड ५ लाख रुपैयाँले बृद्धि गरेको हो ।

११.सिटिजन्स बैंक
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको सात महिनामा ९८ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको माघ मसान्तसम्म बैंकले ७९ करोड ६६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा २३.७९ प्रतिशत बढेको हो ।

१२.सनराइज बैंक
सनराइज बैंकले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ९ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको माघ मसान्तसम्म बैंकले १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा ०.१४ प्रतिशत अर्थात् १५ लाख रुपैयाँ बृद्धि गरेको हो ।

१३. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा खुद नाफामा १.६७ प्रतिशत अर्थात् २ करोड ९ लाख रुपैयाँले बढाएर १ अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

१४.हिमालयन बैंक
चालु आर्थिक वर्षको सात महिनामा हिमालय बैंकले ७४ करोड १५ लाख रुपैयाँमा खुद नाफा गरेको छ । गत आवको माघ मसान्तसम्ममा हिमालयन बैंकले १ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा ५६.७६ प्रतिशत अर्थात् ९७ करोड ३५ लाख रुपैयाँ कम रहेको छ ।

१५.नेपाल एसबीआइ बैंक
बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब १७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४६.६५ प्रतिशत अर्थात् ५४ करोड ९८ लाख रुपैयाँले घटेर ६२ करोड ८८ लाख रुपैयाँमा सीमित गरेको छ।

१६.एनआइसी एशिया बैंक
बैंकले गत आवको माघ मसान्तसम्म २ अर्ब २९ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १९.५४ प्रतिशत अर्थात् ४४ करोड ८४ लाख रुपैयाँले घटेर १ अर्ब ८४ करोड ६८ लाख रुपैयाँमा मात्रै खुद नाफा कमाएको छ।

१७.स्ट्यान्डर्ड चार्टर्ड बैंक
बैंकले गत आर्थिक वर्षको माघ मसान्तसम्म १ अर्ब ४० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा बैंकको खुद नाफा ४१.५८ प्रतिशत अर्थात् ५८ करोड ४९ लाख रुपैयाँले घटेर ८२ करोड १८ लाख रुपैयाँ भएको छ।

१८.एभरेष्ट बैंक
बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ७७ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तर, चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३५.७३ प्रतिशत अर्थात् ६३ करोड २७ लाख रुपैयाँले घटेर १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ कम भएको छ ।

१९.बैंक अफ काठमाण्डू
बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २१.४४ प्रतिशत अर्थात् २२ करोड ४३ लाख रुपैयाँले घटेर ८२ करोड २१ लाख रुपैयाँमा मात्रै सीमित गरेको छ ।

२०.सिभिल बैंक
बैंकले गत आवको माघ मसान्तसम्म ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २५.४२ प्रतिशत अर्थात् ९ करोड ६४ लाख रुपैयाँले घटेर २८ करोड २९ लाख रुपैयाँमा मात्रै सीमित भएको छ।

२१.सेञ्चुरी बैंक
बैंकले गत आर्थिक वर्षको माघ मसान्तसम्म ७५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २२.३६ प्रतिशत अर्थात् १६ करोड ७९ लाख रुपैयाँले घटेर ५८ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

२२.एनसीसी बैंक
बैंकले गत आवको माघ मसान्तसम्म ९१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा २१.५३ प्रतिशत अर्थात् १९ करोड ७७ लाख रुपैयाँले घटेर ७२ करोड ५ लाख लाख रुपैयाँमा सीमित भएको छ ।

२३.राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छ ।  गत आवको माघ मसान्तसम्म २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १५.६० प्रतिशत अर्थात् ३६ करोड ५६ लाख रुपैयाँले घटे हो ।

२४.लक्ष्मी बैंक
बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा १०.७६ प्रतिशत अर्थात् १० करोड ८१ लाख रुपैयाँले घटेर ८९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

२५. माछापुच्छ्रे बैंक
बैंकले गत आवको माघ मसान्तसम्म ९३ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ४.६४ प्रतिशत अर्थात् ४ करोड ३३ लाख रुपैयाँले घटेर ८९ करोड ३ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।

२६.कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ५२ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको माघ मसान्तसम्म १ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ९.५८ प्रतिशत अर्थात् १६ करोड ९ लाख रुपैयाँले कम रहेको  छ ।

२७.सानिमा बैंक
बैंकले गत आवको माघ मसान्तसम्म १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद नाफा ३.१३ प्रतिशत अर्थात् ४ करोड ११ लाख रुपैयाँले घटेर १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ मात्रै रहेको छ ।

गत आर्थिक वर्षको माघ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६ वटा वाणिज्य बैंकको भने खुद नाफा ३.१३ प्रतिशतदेखि ५६.७६ प्रतिशतले घटेको देखिन्छ । अन्य बाँकी ११ बैंकको भने खुद नाफा बढेको छ ।

Logo