मण्डनदेउपुरमा ७ जनासहित काभ्रेमा आज ३१ नयाँ संक्रमित थपिए

मण्डनदेउपुरमा ७ जनासहित काभ्रेमा आज ३१ नयाँ संक्रमित थपिए


काभ्रे ।

काभ्रेमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ३४६ पुगेको छ ।

जिल्लामा गत शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका थिए । शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिएका थिए भने मंगलबार ३१ जना थपिए । आज बुधबार पनि ३१ जना थपिएका छन् ।

गत हप्ताको आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएका थिए । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढेको पाइन्छ ।

संक्रमित मध्ये ८३५ जना निको भएका छन् । जिल्लामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका १५ जना, मण्डनदेउपुरका ७ , बेथानचोकका १ , नमोबुद्धका १ र धुलिखेलका ७ जना रहेका छन् ।

Logo