नेपाल–स्वीस चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति

नेपाल–स्वीस चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति

केन्द्रबिन्दु
0
Shares

नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। 

संस्थाका संस्थापक अध्यक्ष रोमीलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति विवरण पेश गरेका थिए । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा आयोजित साधारणसभाले आगामी चार वर्षका लागि ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा खेमराज लकाईं, उपाध्यक्षमा सुशील थापा, द्वितीय उपाध्यक्षमा कविरजंग थापा, कोषाध्यक्षमा डा.सोनी महतो चयन भएका छन् । त्यसैगरी साधारण सभाले सदस्यहरुमा शिवागिंनी राणा, दावा साङ्गे शेर्पा र अमृताञ्जली शाक्यलाई चयन गरेको छ। संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष गिरी नियुक्त भएका छन् ।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष खेमराज लकाईंले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै त्यसलाई अझै विकसित गरेर लैजानु पर्ने बताए। नेपाल र स्वीट्जरल्याण्डबीच पर्यटन, सूचना–प्रविधि, वित्तीय क्षेत्र, निर्माण क्षेत्र लगायत धेरै क्षेत्रमा नेपालले साझेदारी गरेर जान सक्ने उनले उल्लेख गरे। संस्थाले आगामी दिनहरुमा दुई देशबीचको व्यापार प्रवर्धन गर्नमा जोड दिने उनको भनाइ थियो ।

साधारणसभामा अबको कार्यदिशा तथा रणनीतिको विषयमा संस्थाका उपाध्यक्ष सुशील थापाले प्रकाश पारेका थिए। संस्थाको बृहत्तर विकास तथा आगामी दिनहरुमा नीतिगत तवरबाट संस्थाले खेल्नु पर्ने भूमिकाको बारेमा उनले प्रस्तुतीकरण दिएका थिए ।

Skip This
Skip This
Logo