काठमाडौं ।
नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल ल्यूव आयल लि.को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयर होल्डरहरुको उपस्थितीबाट ५३.१४ प्रतिशत र Virtual माध्यम Zoom App मार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितीहरु बिच दुरी कायमका साथै अन्य स्वास्थ्य Protocol समेत पालना गरि आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।
सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवं कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयर होल्डरको समेत COVID १९ विमा गर्ने घोषणा गरे ।
साथै वक्ता रहेका शेयरहोल्डर समेतले आशा नगरेको वक्तव्य दिईरहेको अवस्थामा कम्पनीले १० प्रतिशत लाभांस दिनु सञ्चालक समितीले सदैव शेयर होल्डरहरुको हालको पहिलो प्राथमिकता के हुन सक्छ भनि अध्ययन गरेर नै प्रदान गरिएको बताए । त्यस्तै प्रस्तावित पूंजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयर धनिहरुले उठाउनु भएको माग बमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए ।





























प्रतिक्रिया