काठमाडौं ।
नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नव नियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल ०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।





























प्रतिक्रिया