तीन सय युवाहरुले उद्यमशीलताका लागि बिना ब्याज ३ लाख रुपैयाँ पाउने

तीन सय युवाहरुले उद्यमशीलताका लागि बिना ब्याज ३ लाख रुपैयाँ पाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय युवा परिषद् , चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सुरु भएको छ । मंगलबारदेखि चैत ०९ गतेसम्म  सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि सात दिवसीय तालिम आजबाट सुरु भएको हो ।

तालिम १० समूहमा ३७० जनालाई दिइने बताइएको छ । चैत्र ०३ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो । उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३०० जनालाई व्यापारको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले विना ब्याज कर्जा दिने सहमति भएको छ । 

उद्दघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यान्वयनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए । बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नु पर्ने  बताएका थिए। कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए ।

युवाहरुलाई उद्यमशीलताका लागि बिना ब्याज ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मेयर उद्यमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो।

Logo