मेराकी, होलिस्टिक वेलनेस रिट्रटले नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्दै आएको छ । जहाँ आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्नेछन् । यही २० मार्च, २०२१ का दिन मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्रांगणमा प्रि–लन्च कार्यक्रम आयोजना हुने भएको छ ।

शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकीले आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुमार्फत मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन समेत तयार रहेको छ ।
आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धि विषेश तालिमहरु समेत यसले प्रदान गर्नेछ । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन समेत सकिनेछ । यसलाई नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिनेछ ।

मेराकीमा रहेका सुइटहरु, निजि लाउन्ज र रेष्टुरेण्टले तनावरहित वातावरणमा प्रकृतिको नजिक रही पूर्ण आराम दिलाउन विशिष्ट सेवा दिन यहाँका कर्मचारीहरु तत्पर रहेका छन् ।





























प्रतिक्रिया