नेप्से परिसूचक ६३.३८ अंकले वृद्धि, सबै सूचकहरु हरियाली

नेप्से परिसूचक ६३.३८ अंकले वृद्धि, सबै सूचकहरु हरियाली

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज ६३.३८ अंकले बढेर २ हजार ५३८.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ।

आज कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.७ प्रतिशत बढेको छ। त्यसैगरी होटल तथा पर्यटन उपसमूहको ५.३६ प्रतिशत, निर्जीवन बीमाको ४.५९ प्रतिशत र जीवन बीमाको ४.४४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका २०६ कम्पनीकोे १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । जसबाट ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंकको शीर्षस्थानमा रहेको छ। सो बैंकको ३९ करोड ९० लाख २२ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १५७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयरमूल्य  स्थिर रहेको छ।

आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा स्वरोजगार लघुवित्त विकास, मिथिला लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, सामूदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त, युनाइटेड इडी मर्दी आरबी हाइड्रो र सबैको लघुवित्त वित्तीय संस्था छन् ।

त्यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा हिमालयन ऊर्जा विकास कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, युनियन हाइड्रो, खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, नबिल प्रगति फण्ड, अरुण भ्याली हाइड्रो र राइर्याङ हाइड्रोपावर कम्पनी रहेका छन् ।

Logo