पठाओ राइडरलाई कम्पनीको ज्याकेट नलगाई सेवा दिन निर्देशन

पठाओ राइडरलाई कम्पनीको ज्याकेट नलगाई सेवा दिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

पठाओ राइडरलाई पठाओले कम्पनीको लोगो अङ्कित ज्याकेट तथा ट्राउजर नलगाई सेवा दिन निर्देशन दिएको छ ।

मंगलबार सरकारी निकाय र पठाओबीच भएको छलफलले राइडरलाई पठाओ कम्पनी लोगो अङ्कित ज्याकेट र ट्राउजर लगाउन रोक लगाएको हो । 

अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न उनले अनुरोध गरेका छन्। 

कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडरलाई राइडको समयमा अनिवार्य प्रेटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो। 

Skip This
Skip This
Logo