आयोजनाको पूर्व तयारीपछि मात्र ठेक्का दिन निर्देशन

आयोजनाको पूर्व तयारीपछि मात्र ठेक्का दिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्व तयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ ।

कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गासमेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजनामार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

Logo