साताको पाँचौं दिन विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन २ सयले बढेको हो । मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको थियो । आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो। सुनको मूल्यमा अघिल्लो साता लगातार उतारचढाव भएको थियो।
आज छापावाला सुनको प्रतितोला ८६ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २३० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया