नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित भएका छन्।
बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियान अन्तर्गत साहलाई सम्मान गरेको हो। बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो।
शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्व सामु चिनाएका थिए । सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धीहरु बताएका थिए। बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ जना महिला विद्यार्थीहरुलाई छात्रवृत्ती दिने घोषणासमेत गरेको छ।





























प्रतिक्रिया