वाणिज्य बैंकहरुले आफ्ना निक्षेपकर्ताहरुलाई दिने व्याजदर घटाएका छन् । विश्वभर आक्रान्त बनाएको कोरोनाको संक्रमण नेपालमा पनि बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी खुम्चन पुग्यो । हाल विस्तारै अर्थतन्त्र चलायमान बनेको भए पनि संक्रमणको त्रासले अझैपनि लगानी गर्ने वातावरणसमेत बनिसकेको छैन । त्यसैले गर्दा हाल बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् ।
फागुनमहिनाको तुलनामा चैतमा ०.०२ प्रतिशतले व्याजदर बढेको देखिए पनि विगत ६ महिनाको तुलनामा ३ प्रतिशतसम्म व्याजदर घटेको हो ।
कुन बैंकको कस्तो व्याजदर ?
कृषि विकास बैंक : कृषि विकास बैंकले फिक्स डिपोजिटमा निक्षेपकर्तालाई ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
बैंक अफ काठमाडौं : बैंक अफ काठमाडौंले समेत फिक्स डिपोजिटमा निक्षेपकर्तालाई ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सेञ्चुरी बैंक : सेञ्चुरी बैंकले भने आफ्ना निक्षेपकर्तालाई ७.७५ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलः सिटिजन्स बैंक इन्टरनेसनले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सिभिल बैंक : सिभिल बैंकले सबैभन्दा बढी फिक्स डिपोजिटमा ८ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
एभरेष्ट बैंक : एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले भने आफ्ना ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
हिमालयन बैंक : हिमालयन बैंकले पनि ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
कुमारी बैंक : कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
लक्ष्मी बैंक : लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
माछापुछ्रे बैंक : माछापुछ्रे बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ।
मेगा बैंक नेपाल : मेगा बैंक नेपालले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म नै व्याज प्रदान गरिरहेको छ।
नबिल बैंक : नबिल बैंकले समेत फिक्स डिपोजिटमा ७.५१ प्रतिशतसम्म नै व्याज प्रदान गरिरहेको छ ।
एनसीसी बैंक : एनसीसी बैंकले समेत फिक्स डिपोजिटमा ६.२५ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले भने फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
नेपाल बैंक : नेपाल बैंकले भने फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज दिइरहेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक : नेपाल इन्भेष्टमेन्ट बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज दिइरहेको छ।
नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म व्याज दिइरहेको छ।
एनआईसी एशिया बैंक : एनआईसी एशिया बैंकले एकवर्षको फिक्स डिपोजिटमा ७.१० प्रतिशतसम्म व्याज दिइरहेको छ।
एनएमबि बैंक : एनएमबि बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ ।
प्रभु बैंक : प्रभु बैंकले ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरीरहेको छ ।
सानिमा बैंक : सानिमा बैंकले ग्राहकहरुलाई १ वर्षको फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले ग्राहकहरुलाई फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक : स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहकहरुलाई १ वर्षको फिक्स डिपोजिटमा ६ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सनराइज बैंक : सनराइज बैंकले ग्राहकहरुलाई १ वर्षको फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म व्याज प्रदान गरिरहेको छ ।
सबैभन्दा बढी व्याजदर सिभिल बैंकको रहेको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर बैंकको रहेको छ।































प्रतिक्रिया