राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी छिन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेडलेद्वारा आयोजना गरिएको उद्घाटन कार्यक्रमका लागि मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा बनाएको नवनिर्मित धाराको टुटी खोलेर राष्ट्रपतिले पानी वितरणकोे औपचारिकरुपमा उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका थिए। भृकुटीमण्डपमा ढुंगेधारा बनाइएको छ । त्यहाँ तीनवटा धारा छन् । उद्घाटनको लागि बनाएका धारामा मेलम्चीको पानी निरन्तररुपमा आइरहने केयुकेएलले जनाएको छ ।
विगत तीन दशकदेखि काठमाडौं उपत्यकावासीले प्रतिक्षा गरेको मेलम्चीको पानी गत आइतबारदेखि नै काठमाडौंका सर्वसाधारणहरुको घर–घरमा पुगेर खान सुरु गरिसकेका छन्।
गत आइतबारदेखि महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी वितरण भइरहेको छ भने अनामनगरको ट्याङ्कीबाट ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ।





























प्रतिक्रिया