प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १६५ वटा सडकको शिलान्यास गर्ने भएका छन् ।
प्रधानमन्त्रीले शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारबाटै सडकको शिलान्यास गर्न लागेका हुन्।
हरेक निर्वाचन क्षेत्रमा एक नयाँ सडक खोल्ने अभियानस्वरुप प्रधानमन्त्रीले स्विच थिचेर देशका १६५ वटा सडक निर्माणको शिलान्यास गर्ने भएका हुन् । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशमा हाल १६५ वटा निर्वाचन क्षेत्रहरु रहेका छन् ।































प्रतिक्रिया