एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतमा पहिलोपटक नेपाली नागरिक

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतमा पहिलोपटक नेपाली नागरिक

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैकले पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । बैंक स्थापना भएको २५ वर्ष हुँदा समेत एभरेष्ट बैंकले भारतीय नागरिकलाई नै प्रमुख कार्यकारी बनाउदै आएको थियो।

एभरेष्ट सञ्चालक समितिले भारतीय मुलका प्रमुख कार्यकारी अधिकृतलाई काम गर्न नसकेको भन्दै नियुक्त भएको १७ महिनामै हटाएको हो। चार बर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी शुक्रबारसम्म बैंक नेतृत्वमा रहने छन्। 

एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी रहेको छ । विदेशी लगानी भएका बैंकले विदेशी नागरिकलाई नै प्रमुख कार्यकारी दिदै आएका छन्। 

खालिङ परिचित बैंकर हुन् । उनी सिटिजन्सको सञ्चालक हुनु अघि लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनीे लक्ष्मी बैंकको चार बर्षे कार्यकाल पुरा गरी बाहिरिएका थिए।

खालिङ लक्ष्मी बैंक आउनु अघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रुपमा कार्यरत थिए। करिव ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए ।  खालिङसँग सञ्चालन तथा बैंकिङ जोखिममा लामो अनुभव रहेको छ।

Skip This
Skip This
Logo